May 28, 2006

Mie estas laca kaj...

Ho ve !

 

Jam pasis semajnoj kaj mi tute ne blogas...

Mi estas iom okupita, laca kaj samteme mallaboema. Strange mi kalkulas sin. Mi havas tiom da aferojn blegindajn sed ne povas iri gxis la ciberkafejo kaj blogi. Mi kulpas.

Finis tria naksigxtago de mia filo. Ni celebris kun familianoj

la lando ankoraux estas malpaca. la homoj kiuj subtenas la aktivan rolon de la regxo (tio signifas distatorecon de li) nun kuragxas iri al la stratoj kaj postuli denove Hinduismon kiel sxtata reglio. La regxo scias ke neniu helpos lin krom la troaj Hinduoj kaj kompreneble li elspezas monon por venigi ilin al la stratoj. Estas dangxera - okazos religia batalo se iu alia reglio protestas ilin. Mi povas kompreni ke la Hinuanoj malsxatas egalecon - ili cxaim volas esti al regxo de religioj, kun subtenoj de la regxo mem. Mi bedauxras.

Jen mi trovis interesan taglibron, verkitan per Nepali lingvo. Eble tio ne estos interesa por vi, sed mi provas gxin meti ankaux por sciis kiel gxi aperas en reto, estis tajpita en la unicode sistemo.

 

 

 

मिति ०६३ जेठ १ गते

जन-आन्दोलन पर्यवेक्षणका १९ दिन - एक अनुभूति

- उषा थपलिया

सुरुवातका केही कुरा

       पटक पटक देशमा आन्दोलनको आँधीवेहरीको सृजना गरिरहनु कुनैपनि देशका जनताको केवल रहरको विषय हुन सक्दैन, आफ्नो राष्ट्रभित्र युग अनुरूप उपभोग गर्न पाउनु पर्ने नागरिक स्वतन्त्रतामा जब हदैसम्मको कुठाराघात हुनेगरी निरंकुशतन्त्र थोपरिन्छ, तव प्रजाबाट माथि उठेर स्वतन्त्र नागरिकको हैसियतमा आफ्नो भूमिका निर्वाह गर्न खोज्ने जनताहरू आफ्नो जिन्दगी नै समर्पित गरेर निर्विकल्प जुर्मुराउँछन्, जन-आन्दोलनको शंखशोष गर्दै । सायद यतिले नै स्पष्ट पार्ला नेपालको "दोस्रो ऐतिहासिक जनआन्दोलनको औचित्य र सकारात्मक दिशातर्फउन्मुख उपलब्धीकासाथ १९ दिन पछि यसको स्थगन"को सवाललाई ।

अनुभूतीका हिसाबले पर्यवेक्षणका हरेक दिन पृथक रहे । कुनैदिन सहकर्मीहरूको ठूलो उपस्थितिका कारण केही सहजपनाको अनुभूति त, कुनै दिन एक्लै हुँदाका बखत आफ्नो पहिचानकासाथ निर्धक्क आफ्नो भूमिका निर्वाह गर्ने क्रममा आइपरेको कठिनाई, यि दुवैको आ-आफ्नै ठाउमा विशेष महत्व रहेको छ । यस वाहेक हरेक ठाउँमा हरेक दिन फेरिएका बेग्लाबेग्लै प्रकृतिका घटनाहरू र यसबाट उव्जिएको अनुभुती त यति धेरै मात्रामा रहे कि त्यसको विवरण कोर्दा एउटा ठेली नै तयार हुन्छ । त्यसैले यी विभिन्न परिरिस्थति बीचका केही प्रतिनिधिमुलक घटनाहरू, जसको सजिब चित्रण अझै पनि आफ्नो मानसिकताबाट पटक्कै बाहिर जान मन गर्दैर्न, तिनै कुराहरू मुलभूत रूपमा समाहित गराउन खोज्दैछु, यस लेखनी मार्फ ।

केही प्रतिनिधिमुलक घटनाहरू

सुरुवात कलंकीबाट गरौं । चैत २९ गते दिउँसो कलंकीमा झडप भैरहेको र मानवअधिकारकर्मीको उपस्थिति जरुरी भएको खवर प्राप्त हुनासाथ म लगायत ४/५ जनाको टोली त्यतातिर लागेका थियौ । त्यहाँ पुग्दा पुलिसहरूले आन्दोलनकारीलाई लाठी प्रहार गर्दै ढंुगेअड्डातर्फधपाई रहेको र हामीलाई देख्नासाथ "ल ल अव भयो हामी फर्कौ" भन्दै स्वभाविक किसिमले कलंकीचोकतर्फफर्केको दृश्य देखियो । आन्दोलनकारीको जमात निकै तलसम्म छरिएको थियो, हामी अन्तिम विन्दुसम्म पुगेर अवलोकन गर्यौं । पुलिसले वर्षाएको लाठी प्रहारबाट जिउभरी रातानिला सुम्लाको वेदनाले छटपटाएका एक आन्दोलनकारीको रेडक्रसका स्थास्थ्य टोलीद्वारा उपचार भईरहेको थियो । घटनाले आन्दोलनकारीलाई असाध्यै उत्तेजित बनाएको थियो ।

यहि बेला एउटा ट्याक्सी थानकोट पट्टिबाट घटनास्थलभित्र प्रवेश गर्यो । आन्दोलनकारीमध्ये केही त्यस ट्याक्सीतर्फउन्मुख भए र पहिला अवस्थाबारे बुझ्न अनुरोध गर्दै हामी पनि सँगसँगै दौडियौं । ट्याक्सीमा एक ८-९ वर्षीया बिरामी बालिका पछाडीको सिटमा सुताईएकी थिईन भने उनी संगै एक १२-१३ वर्षीया बालिका दाहिनेपट्टकिो झयालनिर वसेकी थिईन् । त्यस्तै ट्याक्सीको अगाडीसिटमा एक वालक सहित एक अधवैशे महिला थिईन्, सम्भवतः आमा सहित ३ बालबालिका हुनुपर्छ ट्याक्सीभित्र । अवस्था बुझेपछि आन्दोलनकारीले ट्याक्सीलाई अगाडी वढ्न अनुमति दिए । अगाडी वढेको ट्याक्सी करीव दुईसय मिटरको दुरी पार गरिसकेपछि एकाएक रोकियो र त्यहाँ रहेका आन्दोलनकारीद्वारा घेरियो । विस्तारै हिंडिरहेका हामीहरू  दौडिएर त्यहाँ पुग्यौं । अवस्था राम्ररी नवुझि आन्दोलनकारी मध्ये केहीले ट्याक्सीमाथि प्रहार गरिसकेछन् जसकारण ट्याक्सीको पछाडीपट्टिको सिसा झर्यामझुरुम फुटेर बिरामी बालिकाको जिउ र अनुहारभरी छरिएको थियो तर पनि सिकिस्त बिरामीको कारण उनले आखा उघारेकी थिईनन् । फुटेको शिशाको टुक्राले संगै वसेकी बालिकाको अनुहारमा चोट लागेर रक्ताम्मे भएका कारण उनी रोईरहेकी थिईन् त्यस्तै अघिल्लो सिटमा एकदमै हतासिएको मनस्थितिमा वसेकी महिलाले जब हामीलाई देखिन, केही राहत महसुस संगै हामीलाई पनि ट्याक्सीभित्र वसेर छिटो भन्दा छिटो उम्काई दिन अनुरोध गरिन् ।

त्यहिबेला धेरै अगाडीको सडक सम्म छरिएका आन्दोलनकारीहरूले हान्नैपर्ने ट्याक्सीलाई हानिएको भन्ने ठानी होहल्लाकासाथ ट्याक्सीको प्रतिक्षा गरिरहेको प्रत्यक्ष बुझिन्थ्यो । त्यसैले रोकिएको ट्याक्सीलाई अगाडी बढ्न लगाउदै, अगाडीका आन्दोलनकारीहरूले ट्याक्सीमा थप प्रहार नगरुन् भन्ने अभ्रि्रायले हामीहरू ट्याक्सीका दायाँवायाँ दुवैतर्फाट सँगसँगै दौडियौ। मध्यान्नको चर्को घाम र टायर बालिएर थप उष्ण वातावरणबीच करिव २५० मिटर गुडिरहेको ट्याक्सी सँगसँगै दौडनु त्यति सहज त थिएन तर यहि दृश्यका कारण परपरसम्म छरिएर रहेका आन्दोलनकारीहरूले स्थितिको गाम्भीरयता बुझि आफ्ना साथीहरूलाई बाटो छाडिदिन अनुरोध गर्दै सहयोग गरेका कारण ट्याक्सीलाई थप क्षति हुन नदिई कलंकीचोकबाट कटाउन सकिएको थियो । उक्त घटनाको सुरुवात र समाप्तीको अवधी धेरै लामो नभएपनि पछाडीपट्टिको सिसा फुटेर हृवाङ्गै भएको ट्याक्सी र ट्याक्सीभित्र हतास मनस्थितिमा अत्तालिएका यात्रीहरूको अनुहारको झझल्कोलाई मैले अहिले पनि विर्सन सकेको छैन ।

अर्को घटना वैशाख १० को हो । वसुन्धरा पुग्दा त्यहा एकत्रित जुलुस चावहिल पुग्ने लक्ष्यकासाथ अगाढी बढ्यो । सुरुमा एक्लै भएको हुँदा के गर्ने भन्ने द्विविधा भएपनि केही क्षण पछि एलायन्सका महासचिव शान्ति अधिकारी र सचिव समिर नेपालसंग भेट भएपछि जुलुस सँगसँगै हामी पनि उतै लाग्यौं । सुरुमा निलो ज्याकेट लगाउन शान्ति जीले मान्नु भएको थिएन तर तीनजना भैसकेकोले ज्याकेटमै हिड्ने भन्दै मैले लगाएँ त्यसपछि उहाँहरूले पनि लगाउँनु भयो । कर्फ्यूको समय भएपनि बाटाभरी कतै अवरोध थिएन । तर जब जुलुस गोपीकृष्ण हल कटेर अगाडी बढ्दै थियो, जुलुसको अगाडी र पछाडी दुवै तर्फाट एकाएक पुलिसहरू तैनाथ गरिए र एकैछिनमा अन्धाधुन्द लाठीप्रहार सुरु भयो । चावहिलको जुलुसमा मिसिने व्यग्रताकासाथ अगाडी बढेका आन्दोलनकारीहरूले शायद विचैमा अवरोध होला भन्ने सोचेका थिएनन् त्यसैले भागदौड मच्चियो । हेर्दाहेर्दै सडकमा दुईतर्फाट मिसिएका पुलिसहरू र निलो ज्याकेटधारी हामी तीनजना मात्र बाँकी रह्यौं । एकजना प्रदशनकारी लाठीप्रहारबाट र्घाईते भए, उनलाई ओम हस्पिटल पर्ठाईयो । शायद निलो ज्याकेट नलगाएको भए त्यतिबेला हामी पनि आन्दोलनकारी झै कि ज्यान बचाउँन उनीहरूसंगै भाग्नु पर्दथ्यो कि पुलिसको लाठी खानु पर्दथ्यो । आन्दोलनकारीलाई नै साथ दिदै आएका हामीहरू, उनीहरूको तितरवितरपछि अव के गर्ने भने जस्तै भयो । तर आईसकेपछि चावहिलसम्म पुग्ने भन्दै अगाढी बढ्यौं, बाटाभरी पुलिसहरू मुर्मुर्रिएर आफ्ना घर र पेटीमा वसेका मान्छेहरूलाई अपशव्द प्रयोग गर्दै भित्र पस्न अर्हाई रहेका थिए तर निलो ज्याकेटकै कारण विना अवरोध हामीहरू चावहिलका सहकर्मीहरूमाझ मिसिन सकेका थियौं ।

त्यसैदिन चावहिलको घटना पनि अविस्मरणीय रह्यो । हामी पुगेको एकछिन पछि नै आन्दोलनकारीको जमातबाट एकपछि अर्को गर्दै चारजना भिजिलान्तेहरू आन्दोलनकारीबाट कुटिए । सुरुमा मन एकदमै अशान्त भयो- "कतै भिजिलान्तेको आरोपमा हरेक दिन घामपानी नभनी लोकतन्त्रकैलागि घाँटी सुकाउदै चिच्याउने कम जानपहिचानको आन्दोलनकारी नै त परेन -" तर जब उनीहरूको नजिक पुगियो उनीहरूको बोलीचाली, हाउभाउ र पुलिसहरूसंगको कुराकानीबाट उनीहरू आन्दोलनकारी हैनन् भन्ने स्पष्ट भयो । त्यसमाथि झन त्यस्तो अवस्थामा पनि "मलाई कुट्ने सव नेताहरूलाई मैले चिनेको छु, म पछि पनि बाँकी राख्दिन" भन्ने उनीहरूको वरवराहट र ", चुप लाग" भन्ने पुलिसहरूको भनाईबाट उनीहरूको असली परिचय वाहिर आउँनुकोसाथै आन्दोलनलाई उत्तेजित बनाउन व्यापक रूपमा भाडाका भिजिलान्ते प्रयोग गरिएको चर्चालाई यथेष्ट प्रमाण जुर्टाईदिएको थियो ।

जनप्रदशनको अगाडीपट्टीको भागमा ४ जना भिजिलान्तेहरू कुटिएर उपचार गर्राई रहेका बेला विचतिर रहेका प्रदशनकारीलाई नाङ्गो तरवार सहित सिध्याउने धम्की दिदै केही भिजिलान्तेहरू सडकसंगै जोडिएको एक घरभित्र पस्छन्, जसकाकारण सडकमा संयमपूर्ण तरीकाले प्रदशन गरिरहेका प्रदशनकारीहरू त्यहि घरतर्फलक्षित भए र ढुंगा प्रहार सुरु भयो । एकातिर घरको छतबाट एक बृद्ध र एक अधवैंशे महिला आँत्तिदै बाहिर निस्किएर मानवअधिकारकर्मी भएतिर इशारा गर्दैर् घर बचाई दिन अनुरोध गर्दै थिए भने अर्कोतिर आन्दोलनकारीहरू अत्यन्तै आक्रोशकासाथ घरतर्फढुंगा प्रहार गरिरहेका थिए, उनीहरू कसैका कुरा सुन्ने मनस्थितिमा थिएनन् । स्थिति अत्यन्तै असामान्य वन्दै गईरहेको थियो । घरको छतबाट कसैले आन्दोलनकारी पार्टीको झण्डा फहराएर सांकेतिक रूपमा आन्दोलनकारीलाई बुझाउन खोजिएको पनि देखियो । त्यतिबेला मानवअधिकारकर्मीहरूको उपस्थिति बाक्लै भएपनि एकिन रूपमा के गर्ने भन्ने अन्यौलता हटेको थिएन । केही मानवअधिकारकर्मीहरूले संगैको स्थानीय घरमा घटनाबारे जानकारी लिनु भयो । अधिकांशको भनाई बमोजिम स्थानीय भिजिलान्तेहरू हतियारसहित भित्र पसेको तर प्रयोग गरिएको घर उनीहरूको नभई आन्दोलनकै र्समर्थकको रहेकोले घर बचाईदिनु पर्ने सुझाव दिए । सोही बमोजिम त्यहाँ भएका सवै मानवअधिकारकर्मीहरू आन्दोलनकारीहरूले प्रहार गरेको ढुंगाको परवाह नगरी घरको अगाडी उभियौं र आन्दोलनकारीलाई ढुंगा नहान्न अनुरोध गर्दै केही प्रतिनिधिहरू घरभित्र पसेर यथार्थ स्थिति बुझ्ने वातावरणकालागि प्रयास गर्न थाल्यौं तर त्यसको निकैवेरसम्म पनि ढुंगा वर्षाउने क्रम रोकिएन ।

करिव आधा घण्टाको अन्तरालपछि मानवअधिकारकर्मी, पत्रकार र आन्दोलनरत दलका प्रतिनिधि लगायत करिव ६-७ जनाको टोली घरभित्र गई हेर्नकोलागि घरवालासंग सहमति भयो र टोलीलाई भित्र पर्ठाईयो । टोलीले निरीक्षण पश्चात तीनजना व्यक्तिहरू हतियारसहित भित्र पसे लगत्तै घरको पछाडीपट्टिबाट बाहिर भागिसकेको र घरमा महिला र बृद्धामात्र रहेको कुरा बाहिर ल्यायो । जब यथार्थ स्थिति बाहिर आयो, त्यतिबेला धेरैले ती कुरालाई आत्मसात गरे पनि आन्दोलनकारी मध्ये केहीले मानवअधिकारकर्मीले भिजिलान्ते भगाए भनेर गरेको टिप्पणीले असाध्यै नमिठो महसुस गराएको थियो । 

सुरक्षाकर्मीहरूको शक्ति उन्माद

हतियारधारी पुलिसहरूमा रहेको त्यतिबेलाको शक्ति उन्मादको स्थिति पनि विर्सन सक्ने खालकै थिएन । चैत्र २५ गते वसुन्धरामा निषेधित क्षेत्रभन्दा बाहिर रहेर शान्तिपूर्ण प्रदशन गरिरहेका व्यक्तिहरूलाई पुलिसहरूद्वारा उहीं गएर छानीछानी लाठी र बुट प्रहार गर्दै समात्न थालियो । यस सम्वन्धमा संयमतापूर्ण शैलीमा कुरा राख्दा त्यहाँ खर्टाईएका जनपद प्रहरीका एसपी यादव अधिकारीले "तपाईको प्रश्नको जबाफ दिनुपर्छ भन्ने म ठान्दिन । तपाईहरू यी सवै दृश्य केवल हेर्नुहोस र आफ्नो ठाउँमा रिपोर्ट लेखेर पेश गर्नुहोस, त्यसमा मलाई कुनै आपत्ति छैन" भन्दै दिएको जबाफले त्यसलाई पुष्टि गर्दछ । त्यस्तै हातमा कालो लागेको आधारमा २९ गते कलंकीमा एक युवकलाई प्रदशनकारी ठम्याई १२/१५ जनाको पुलिसको जमातले लाठी र बुट प्रहार गर्दै ट्रकमा कोचेको सर्न्दर्भमा थप नकुट्न अनुरोध गर्दा त्यहाँ खटिएका पुलिस हाकिमले "हामीहरूले जे जे गछौं त्यो चुपचाप हेरेर मात्रै वस्ने हो तपाईहरूको काम, वढी भएको खण्डमा तपाईहरूमाथि नै चार्ज लगाई दिन सक्छौं" भन्दै उत्तेजित जबाफ, के शक्ति उन्मादको परिचायक होईन र - यस बाहेक नेपाल बार एशोसिएसनको शान्तिपूर्ण कार्यक्रमको अनुगमन गरिरहेका इन्सेककै केही साथीहरूलाई ताकेरै लाठी र बुट बजार्न पछि नपर्नु तथा "मानवअधिकारवादी भनेका माओवादी हुन यिनीहरूको खानतलासी गर" भन्ने त्यहाँ तैनाथ पुलिस हाकिमको उर्दी यस बारेको थप स्पष्टताका प्रमाण हुन् ।  

प्रहरीहरूको अमानवीय व्यवहारको पराकाष्ठा

सवै ठाउँको आन्दोलनमा आन्दोलनकारीहरू आफैमा संयम र शान्तिपूर्ण रूपमै प्रस्तुत हुने गर्दथे झन् त्यसमाथि पुलिस आर्मी आफ्नै दाजुभाई भएकोले कुनै द्वैष नभएको र आन्दोलन सफल पार्न उनीहरूको पनि सहयोग चाहिएको जस्ता सुरक्षाकर्मीहरूलाई नैतिक रूपमा आन्दोलनप्रति ऐक्यबद्ध हुन तथा आन्दोलनकारीलाई पनि दाज्युभाईकै रूपमा लिन उत्प्रेरित गर्ने खालका नाराहरू जब आन्दोलनकारीहरूले लगाउँथे, त्यतिबेला म सोच्दथें कि यसबाट सकारात्मक पाठ सिकेर अव पुलिसहरूले आन्दोलनकारीमाथि चर्को दमन नगरे हुने नि ! तर यस चाहना विपरीत एकजना आन्दोलनकारीमाथि १५/२० जनासम्म पुलिसहरू धुइरिएर निर्मम तरिकाले टाउकोमै लक्षित गरी लाठी र बुट बजार्न कुनैदिन पनि पछि परेनन, त्यसपछि मलाई लाग्यो आम जनमानसमा सुरक्षाकर्मीप्रति जुन अवधारणा रहि आएको छ, त्यो त्यक्तिकै आएको रहेनछ ।  

हरेक दिन दिनभरी सडकमा प्रत्यक्ष देखिएका यस्तै घटनाहरू जस्तै कान्तिपुर टेलिभिजनको समाचार बुलेटिनमा कपाल सेतै फुलेका एक बृद्ध आन्दोलनकारीले "सेना पुलिस दाज्यूभाई, सहयोग गर हामीलाई" भनिरहेकै बेला पुलिसहरूले लछार्दै र बुटले हिर्काउदै लगिरहेको दृश्यले उनीहरूभित्रको मानवताविहिन मनस्थितिलाई थप उजागर गरेको महसुस गरें मैले । सडकका प्रदशनकारीहरूलाई दमन गर्ने नाममा त पुलिसहरूले सिमा नाँघे नाँघे, यस बाहेक ती स्थान वरपरका र्सवसाधारणका घरभित्र राती राती गएर महिला, बृद्ध, बालबालिका केही नभनी जथाभावी रूपमा कुट्ने र र्घाईते बनाई आतंकको सृजना गर्न समेत उनीहरूले कुनै कसर बाँकी राखेनन् ।

जनसमुदायबीच आन्दोलनको र्सवव्यापकता

पुलिसको दिनप्रतिदिनको बढ्दो वर्वर दमनका वावजुद पनि प्रायः सवै ठाउँका आन्दोलनमा सवै उमेर समूहका व्यक्तिहरूको स्वतःस्फुर्त उपस्थिति रहेको थियो । यसपटकको आन्दोलनले जनताबीचबाट यति र्सवव्यापकता पायो कि आफ्ना बालबालिकालाई कुनैपनि अभिभावकले घरमा थुनेर राख्न सक्नु त परै जावस, बृद्धबृद्धा र सामान्य गृहिणी समेतले सडक नओर्लि चिक्त बुझाएनन् । यसमाथि झन काखीमा आफ्ना दुधे बालक समेत च्यापेर नारा लगाउदै सडकमा हिड्ने महिलाहरूको कमि देखिएन भने टोलटोलका बालबालिकाहरूले जानी नजानी आन्दोलनकै नारा घन्काएर आन्दोलनलाई आफ्नो खेलकुदमा रूपान्तरण गरे । दिनभरीको आन्दोलन पर्यवेक्षण मार्फ उर्लिएको जनउभार सम्वन्धमा यस्तै कुराहरू मनन गर्दै साँझतिर घर र्फकदा "लोकतन्त्र" भन्ने आवाज सुन्नासाथ अलिअलि मात्र बोल्न थालेकी मेरी २० महिनाकी छोरीले पनि "जिन्दावाद" को तोते उच्चारण सहित हात उठाउँथि, यसले पनि आन्दोलनको र्सवव्यापकतालाई अझ पुष्टि गरेको आभास पाउँथे म ।

मानवअधिकारकर्मीप्रतिको हेराइमा विभिन्नता

मानवअधिकारकर्मीहरूप्रति व्यक्ति तथा समुदायले हेर्ने फरक फरक दृष्टिकोणको मापनस्थल पनि बन्यो यो जनआन्दोलन पर्यवेक्षण । एकातिर मानवअधिकारकर्मीहरूको प्रवेश हुनासाथ उत्साह थपिएको महसुस गर्दै सोही बमोजिम व्यवहार प्रस्तुत गर्ने आन्दोलनकारीहरूले आफ्नो भोक र तिर्खा सवै विर्साइदएको महसुस हुन्थ्यो भने कतिपय स्थानमा प्रदशनकारीकै जमातबाट तिखा टिप्पणी समेत सुन्नुपर्दा उत्साह नै मरेर गएको भान हुन्थ्यो । कतै आफुमाथि पर्न लागेको ढुंगा, लाठी छल्न खोज्दा ", मानवअधिकारवादी त भाग्नु भएन नि, लाठी ढुंगा सवै चाख्नुपर्छ" भन्ने आन्दोलनकारीकै आवाज, भने कतै "तपाईहरूले पनि दिनरात केही नभनी असाध्यै दुःख पाउनु भयो हगि - हाम्रानिम्ति" भन्ने आन्दोलनकारीकै अभिव्यक्ति । "मानवअधिकार कर्मीहरूको उपस्थिति भएका बेला पुलिसहरू पनि अलि डराउँदा रहेछन्, दमन गर्न" भन्दै सडक पेटीमा वसेर आन्दोलन हेरिरहेका स्थानीय वासिन्दाको सकारात्मक टिप्पणी । ठूलो जमातबीचमा यी सवैखाले प्रतिक्रियालाई सामान्य ढंगबाट लिईनुपर्ने मान्यता सहि भए पनि कार्यक्षेत्रको उर्जाशीलताकालागि भने यस्ता भनाई तथा व्यवहारले तात्वीक असर पुर्याउँने तथ्यलाई चाँही नकार्न सकिँदो रहेनछ ।

सडकको यस्तै अनुभव सँगसँगै श्वेत पोशाकधारी डा. साहेवको मानवअधिकारकर्मीप्रतिको दृष्टिकोण पनि कम महत्वको छैन । वैशाख २ गते टिचिङ हस्पिटलमा विद्याथी, कर्मचारी, प्राध्यापक र डाक्टरहरूको संयुक्त विरोध कार्यक्रमको सुचना पाएर त्यतातिर लागे । पुग्दा कार्यक्रम सुरु भैसकेको रहेछ । कार्यक्रम बारेको थप जानकारीकोलागि त्यहाँ क्रियाशील एक सेतोपोशाकधारी डा.संग जिज्ञासा राखें । एक्लै भएकाले मैले आफु चिनिने पोशाक लगाएको थिईन त्यसैले उनले "तपाई कहाँबाट -" भनि सोधे, मैले आफ्नो कार्यालयको नाम सहितको छोटो र सहज उत्तर दिए । मेरो जिज्ञासालाई एकातिर पन्छाएर उनले "ए तपाईहरू पनि दिउसै बत्ती बाल्ने अर्न्तर्गत पर्नुहुन्छ नि हैन -" भन्दै व्यंग्यात्मक मुखाकृति बनाए र सटासट एकातिर लागें । इन्सेकको नाम सुन्ने बित्तीकै यिनलाई एकाएक किन हजार भोल्टको करेन्ट लागेसरी भयो भनेर म एकछिन त आर्श्चर्यचकित भएँ, शायद उनी त्यहिं रहिरहेको भए, संयमतापूर्वक केही सोध्दथें होला तर सोध्नकैलागि उनको पछि पछि लाग्नु पनि उचित ठानिन र विषय टुङ्गियो । तर त्यसपछिका दिनमा उनको अनुहारमा लपेटिएको "मानवअधिकारप्रतिको नकारात्मक धारणा" वा "बुझाइमा रहेको दर्रि्रपन" जब उनलाई सम्झने एकमात्र आधार बन्यो मेरा लागि, यसले मलाई असाध्यै दुखित बनायो । त्यो बाहेक अरु के हुन सक्छ र यति सार्हो वितृष्णा पोख्नुको अभ्रि्राय -

महिला आन्दोलनकारीप्रति सुरक्षाकर्मीको व्यवहार

महिलाहरूप्रति सुरक्षाकर्मीहरूको व्यवहार उच्छृ्रंखल हुने गरेको आम बुझाइलाई पुलिसहरूले यस आन्दोलनको क्रममा थप पुष्टि गरिदिएका छन् । आन्दोलनमा अग्रसर हुने महिलाहरूको बारेमा गलत टिप्पणी त उनीहरूकालागि अति सामान्य कुरा हुने रहेछ, यस सँगसँगै केही महिलाहरूको हुलिया बताउदै "यिनीहरूलाई पक्रन पाए त हामीले जान्या थियौं" भन्ने लगायत आन्दोलनमा अग्रसर हुने महिलातिर लक्षित गर्दै, "करा करा, घाँटी सुकुन्जेल करा, बेलुकासम्ममा हाम्रै फन्दामा परिहाल्छेस, त्यतिबेला मालिस भेट्लिस" भन्ने उनीहरूको अति तल्लो स्तरको भनाई सहितको बसिविँयालो र मज्जा लिने शैलीले महिलाहरूलाई हेर्ने दृष्टिकोणलाई धेरै ठाउँमा उजागर गरेको थियो । आफ्नो व्यवहार सम्वन्धमा कसैले पर्यवेक्षण गरिरहेको छ भनेर जान्दा जान्दै र त्यहि समुदाय नजिक वसेर त महिलाहरूप्रति यति अभद्र किसिमबाट प्रस्तुत हुने उनीहरू गाउँका अशिक्षित र असहाय महिलाहरूप्रति कुन प्रकारको व्यवहार प्रस्तुत गर्लान् त्यो उनीहरू आफैले थप उजागर गरे आन्दोलनको क्रममा ।  

गुनासो आफ्नै सहकर्मीप्रति पनि

ठूलो र आपत्कालीन अभियानमा लागेका बेला झिनामसिना व्यवस्थापकीय टिप्पणी गर्नुको कुनै मत्लव रहदैन, यो र्सवस्वीकार्य कुरा हो । खुशी यसमा छ कि, सवै ठाउँमा इन्सेकले निर्वाह गरेको भूमिकाको जनताले खुलेर प्रसंशा गरे जुन, केही समान सहकर्मी संस्थाहरूलाई समेत वेचैनमा पुर्याउँने विषयवस्तु  बन्यो तर निश्चित स्थानमा व्यक्तिहरू खर्टाईने प्रक्रिया र त्यसको सम्भव हुनेसम्मको व्यवस्थापन सुधारपट्टी हाम्रो आफ्नै सामूहिक क्रियाशीलता रहेको भए, शायद इन्सेकप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूलाई अहिले भन्दा दोब्बर बढी बेचैनी र आन्दोलनमा त्यत्तिकै सशक्त योगदान पुग्न सक्ने थियो भन्ने महसुस गरें मैले ।

यस बाहेक आपत परेका बेला विल्कुलै नसुहाउँदो व्यवहार प्रस्तुतीको कारणले आफ्नै सहकर्मीहरू मध्ये केहीलाई अवका दिनमा सोचे भन्दा फरक किसिमबाट चिन्नुपर्ने यथार्थताको उजागर सवैभन्दा दुःखद बन्यो मेरालागि । सामान्य परिस्थितिमा समेत सामूहिक भावनाको मर्मलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने हामीहरू जस्ता अभियानकर्ताले एक्लो र प्रतिकुल अवस्थाको आफ्नै सहकर्मीको समस्यालाई वेवास्ता गर्दै आफ्नो क्षणिक रवाफ सहित जिम्मेवारविहीन बनेर उम्कन खोज्छौं भने त्यस व्यक्तिबाट अरुहरूले के अपेक्षा गर्ने - परिक्षणको घडी बारबार आउँदैन मान्छेको जीवनमा, तर त्यहि क्षणिक अवधिमा प्रस्तुत भएको व्यवहारका कारण उप्रतिको धारणा सधैभरी नकारात्मक वन्ने स्थितिमा पुर्याउँछ र उप्रतिको बाँकी भरोसा खक्तम हुन्छ भने त्यो भन्दा दुःखदायी स्थिति अरु के हुन सक्छ र - यस्तो अनुभूति म एक्लैको मात्र हुँदो हो त, यस विषयलाई शायदै उठान गर्दथें तर प्रसंगबश अरु साथीहरूका यस्तै अभिव्यक्ति पनि जब मसंग बाँडिए तव अवका दिनमा त्यस्ता व्यवहार सुधारप्रति लाग्ने एउटा संदेश दिन्छ कि भन्ने झिनो आशमा यसलाई समाविष्ट गरेकी हुँ । एकाध व्यक्तिको नराम्रो व्यवहारका कारण सिङ्गो क्षेत्रलाई हेर्ने आमधारणा सोही अनुरूप बन्यो भने त्यो भन्दा घातक स्थिति अरु कुनै हुँदैन । 

निष्कर्षआम जनसमुदायको सशक्त उर्त्र्सगको परिणाम स्वरूप आखिर १९ दिन पछि निरंकुशसत्ताले घुँडा टेकेरै छोड्यो । यसकालागि जनता, राजनीतिक पार्टी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थी, महिला, बालबालिका, दलित, जनजाति, अल्पसंख्यक, मजदुर युनियन, अपाङ्ग आदि सवैले जसरी सशक्त रूपमा आफ्नो भूमिका निर्वाह गरे सोही बमोजिम मानवअधिकार रक्षकले पनि आफ्नो ठाउँबाट योगदान दिन कुनै पनि अवस्थामा पछि परेनन्, जसको उच्चमुल्यांकन जनताले समेत गरिसकेका छन् । यसरी र्सवपक्षिय सशक्त सहभागिता तथा जनताको जीवनको बलिदानीको परिणामस्वरूप शान्तिपूर्ण सकारात्मक दिशातर्फउन्मुख हुने जुन बाटो खुलेको छ, त्यसको सही उपयोग गर्दै देशमा स्थायी शान्ति कायमकालागि सवै पक्ष जिम्मेवार हुनु पनि त्यत्तिकै जरुरी छ ।

 

Posted by razen at 17:52:54 | Permanent Link | Comments (0) |
Comments
Write a comment